स्याङ्जा : वालिङ तमादीमा फेरि पहिरो

 असोज ९, २०७७ शुक्रबार १२:२३:४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो खसेको छ ।

हिजो पहिरो खसेर घर पुर्दा ९ जनाको ज्यान गएको ठाउँमा नै आज बिहान फेरि ठूलो पहिरो खसेको हो । पहिरोले कृष्णबहादुर खनालको घरगोठ पुरिएको छ । तर जोखिम भएपछि दुई परिवारलाई सुरक्षित ठाउँमा सारिएकाले खनालको परिवार जोगिएको वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताउनु भयो ।

गोठ पुरिँदा दुई वटा भैंसी र कुखुराहरु भने मरेका छन् ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया