काठमाण्डौसहित पश्चिमका धेरै ठाउँमा घाम लाग्यो, पूर्वी क्षेत्रमा भने वर्षा

 असोज ९, २०७७ शुक्रबार १६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार काठमाण्डाैसहित मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा घाम लागेको छ ।

यी ठाउँमा बिहानैदेखि पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । तर पूर्वका केही ठाउँमा भने मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । प्रदेश नम्बर १ र २ का केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै शुक्रबार राति देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति देशका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । शनिबारदेखि भने देशका सबैजसो क्षेत्रमा घाम लाग्ने मौसमविद्को पूर्वानुमान छ ।  

यो वर्ष देशका विभिन्न क्षेत्रमा विपदमा परेर तीन सय ९१ जनाको ज्यान गएको छ भने एक सयभन्दा धेरै अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै दुई सय ८७ जनाको ज्यान लिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया