महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु झन् चुनाैती : मन्त्री अर्याल

 असोज ९, २०७७ शुक्रबार २०:१८:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती भएको बताउनुभएको छ ।

सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले शुक्रबार जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उहाँले भन्नुभयो, 'महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभइ उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो ।' महिलाको आर्थिक विकास नभइ समाजमा समानता आउन नसक्ने उहाँको भनाइ छ । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्नुभयो ।

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेकोमा गर्व व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेश सभाकी सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोच विना समुन्नत समाजको परिकल्पनासमेत गर्न नसकिने तर्क राख्नुभयो ।

त्यस अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा. राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।'

समाज कल्याण परिषद्का सदस्य डा. मणिराम बन्जाडेले महासङ्घले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताउनुभयो । महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया