अर्घाखाँचीमा पहिरोले २० घर बगायो, सिङ्गो गाउँ नै जोखिममा

 असोज ९, २०७७ शुक्रबार १९:४१:४३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका व१२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट पहिरो खस्दा २० घर र २० घरका गोठ पहिरोले पुरेको वडाध्यक्ष बाबुराम गैरेले बताउनुभयो । 

पहिरोले मानवीय क्षति भने गरेकाे छैन । पहिरोले घर पुरेपछि २० घरका एक सयभन्दा बढी स्थानीयलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव बुढाथोकीले जानकारी दिनुभयो । 

पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने क्रम बढ्न सक्ने प्रहरीको भनाइ छ । ती गाउँका अरु २० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । मानवीय क्षति नभए पनि पशु चौपायाहरू कति पुरिए भन्ने अझै जानकारी भएको छैन ।

अहिले प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेकाे स्थानीय हरी गैरेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया