दाङ : जुवा खेलिरहेकाे अवस्थामा करिब एक लाख नगदसहित १३ जुवाडे पक्राउ

 असोज ११, २०७७ आइतबार १०:५४:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ मा रहेकाे भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको  छ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ.म.न.पा.१३ का मालबहादुर वली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र  दीपक वली रहेको प्रहरीले जनाएको छ 
 

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया