स्पेनमा मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा

 असोज १५, २०७७ बिहीबार ११:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनमा कोरोना सङ्क्रमितको संख्या बढेपछि राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।

कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति-आवश्यक नपरि घर बाहिर निस्कन नपाउने उल्लेख छ ।

उनीहरु काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको बताएको बीबीसीले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र ३१ हजार ४ सय ११ जनाको भने ज्यान गएको जोन हप्किङस विश्व विद्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया