भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै एक लाख

 असोज १६, २०७७ शुक्रबार ६:३२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ ।

अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा यो खबर तयार पार्दासम्म ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । त्यहाँ गएको २४ घण्टामा एक हजार ९६ जनाको ज्यान गएको छ । यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको ज्यान गएको छ ।

यस्तै ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया