पाँच लाख नगद सहित १८ जना जुवाडे पक्राउ

 असोज १७, २०७७ शनिबार १९:१४:१० | हेमराज शर्मा
unn.prixa.net

दाङमा पाँच लाख नगद सहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया बजारको दर्शन खाजा घरको कोठामा छापा मार्दा दुई लाख ६० हजार एक सय २५ रुपैयाँ नगद र तास खोलेको ४ गड्डी तथा नखोलेको ४२ गड्डी सहित १० जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

यस्तै बबई गाउँपालिका वडा नम्बर ३ धनुवासका केश कुमार विश्वकर्माको घरमा जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट एक गड्डी तास र २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया