मकालु बेस क्याम्प घुम्न गएका एक युवकको ज्यान गयो

 असोज १८, २०७७ आइतबार १४:३६:१४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सरदुमकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा खाँदबारी नगरपालिका १ ढोलबाजे घर भएका २४ वर्षीय विवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो । साथीहरुसँग मकालु बेस क्याम्प घुम्न गएका श्रेष्ठको लेक लागेर ज्यान गएको हुन सक्ने डीएसपी मल्लले बताउनुभयो । 

गएको १२ गते सातको टोली सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्पतर्फ घुम्न हिँडेका थिए । बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राति सुतेकै स्थानमा ज्यान गएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिनुभयो ।

घटनापछि मृतककाे शव हेलिकप्टरबाट खाँदबारी ल्याइएको छ । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया