बसमा चढाएर युवतीलाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुई पक्राउ

 असोज १८, २०७७ आइतबार १६:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भक्तपुरमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१७ वर्षीया युवतीलाई लठ्याउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोगढीका नीरकुमार खड्का र जुगलका सूर्य श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले १६ गते शुक्रबार बिहान ११ बजे युवतीलाई रत्नपार्कमा लठ्याउने औषधि खुवाएर बसमा चढाएर सूर्यविनायक पुर्‍याएको र पार्किङ गरेर राखेको बसमा सामूहिक बलात्कार गरेका थिए ।

शुक्रबारदेखि शनिबार बिहान ११ बजेसम्म बसभित्रै बलात्कार गरेका उनीहरुले त्यसपछि फेरि लिवालीमा रहेको तिवियाखुसी खोलाको किनारमा पार्किङ गरेको बसभित्र लगेर पनि बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ । युवतीलाई बलात्कार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया