विवाहपूर्व नै शारीरिक सम्पर्कबाट शिशु जन्मेमा दुवैको विवाह भएको मानिने

 साउन २५, २०७५ शुक्रबार १७:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – विवाहपूर्व नै शारीरिक सम्पर्कबाट शिशु जन्मेमा अब दुवैको विवाह भएको मानिने छ । यही भदौ १ गतेबाट कार्यान्वयनमा आउन लागेको नयाँ मुलुकी संहिताले यस्तो व्यवस्था गरेको छ । 

मुलुकी देवानी संहिता ऐनको भाग तीनको दफा ७४ ले कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने उल्लेख छ । 

शारीरिक सम्बन्धका लागि पुरुषले मायाप्रेमको नाटक गर्ने गरेको घटना धेरै आउन थालेपछि अब त्यसलाई रोक्न यस्तो कानूनी व्यवस्था ल्याइएको हो । 

विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राख्ने र गर्भवति भएपछि भने पुरुषले महिलालाई स्वीकार नगरी भागेर हिँड्ने जस्ता घटनालाई रोक्न यो कानूनले महत्वपूर्ण भूमिका खेल्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता संजीवराज रेग्मीले जानकारी दिनुभयो । 

तर जबरजस्ती करणी तथा हाडनाता करणीको सन्दर्भमा भने यो व्यवस्था लागू नहुने पनि ऐनमा उल्लेख छ ।  


 
 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • sunil rai

    Aug. 10, 2018, 9:20 p.m.

    यो कानुनलागू navaenjelsamma yo maena saun samma hamile paelakei kanun bamogim kam garnu sakinxki sakindein? plz jankari pau

  •  0 Reply

तपाईको प्रतिक्रिया