चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृत फेला

 असोज २०, २०७७ मंगलबार १३:४४:४१ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृतावस्थामा फेला परेका छन् । 

नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक व्यारेजबाट तलपट्टि बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताउनुभयो । 

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टि बाटोको ढिकमा उधोमुन्टो भइ अर्को अन्दाजी १२ वर्षको भाले गैंडा मृतावस्थामा फेला परेको छ । मृत गैंडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।

गैंडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ ।  गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताउनुभयो । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा अहिले ६०५ गैंडा रहेका छन् ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया