कतारमा हुनुहुन्छ ? थाहा पाउनुहोस् काम अनुसार दूतावासमा सम्पर्क गर्ने इमेल ठेगाना

 असोज २२, २०७७ बिहिबार १४:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ कतारमा हुनुहुन्छ भने विभिन्न कामले तपाईँले दूतावासमा सम्पर्क गर्नुपर्ने हुन सक्छ ।

अहिले दूतावासले काम अनुसार आवश्यक कागजात पठाउने इमेल ठेगाना तोकेको छ । आफ्नो काम अनुसारको कागजात तयार पारेर सम्बन्धित इमेलमा पठाएमा सहज र छिटो पनि हुनेछ ।

कन्सुलर सेवाका लागिः

कन्सुलर सेवा अन्तर्गत चारित्रिक प्रमाणपत्र, अधिकृत वारेशनामाको प्रमाणिकरण, कागजात प्रमाणिकरण, जो जससँग सम्बन्धित छ भन्ने व्यहोराको पत्र, भिसा, गैरआवासीय नेपाली परिचय पत्र र शव नेपाल पठाउन आवश्यक हुने कागजातका लागि दूतावासमा [email protected] मा इमेल पठाउनु पर्छ ।

पासपोर्टसँग सम्बन्धित कामको लागि :

पूरानो पसापोर्टको आधारमा नयाँ पासापेर्ट लिनको लागि आवेदन दिँदा, नाबालकको नयाँ पासपोर्टका लागि आवेदन दिँदा, हराएको पासपोर्टको सट्टा नयाँ पासपोर्टको लागि निवेदन दिँदा, जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रिएको पासपोर्टको सट्टा नयाँ पासपोर्टका लागि आवेदन दिँदा, अस्थायी पासापोर्टको लागि, एकतर्फी यात्रा अनुमतिका लागि र व्यक्तिगत माग प्रकाणिकरणका लागि [email protected]मा आवश्यक कागजातसहित इमेल गर्न सकिन्छ ।

श्रम सम्बन्धी कामका लागि :

मागपत्र प्रमणिकरण, घरेलु कामदारको पुनः श्रम स्वीकृतिको सम्बन्धमा र श्रम सम्बन्धि अन्य जानकारी र गुनासो राख्नका लागि [email protected]मा इमेल गर्न सकिन्छ भने अन्य जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Sunil poudel

    Oct. 9, 2020, 6:52 a.m.

    पारिश्रमिकमा समस्या छ , के गर्नु पर्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया