प्रधानमन्त्रीका तीन सल्लाहकार काेराेना सङ्क्रमणमुक्त

 असोज २३, २०७७ शुक्रबार ८:१२:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । 

उहाँहरुको बिहीबार पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँहरु सबैलाई गएकाे असोज १७ गते सङ्क्रमण भएको थियो । 

सल्लाहकार थापाका अनुसार उहाँहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया