लिबियामा सात भारतीय नागरिककाे अपहरण

 असोज २३, २०७७ शुक्रबार ९:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतका सात जना नागरिक लिबियामा अपहरणमा परेका छन् ।

लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका सात जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त गर्न लिबियाली सरकारसँगै अन्तर्राष्ट्रिय संघसस्थालाई आग्रह गरिएको भन्दै सकुशल देश फर्काउने बताएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया