अमेरिकी राष्ट्रपति ट्रम्प आउँदाे हप्तादेखि नियमित काममा फर्कने

 असोज २३, २०७७ शुक्रबार १२:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो हप्तादेखि नियमित काममा फर्किने हुनुभएको छ ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बस्नुभएका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताउनुभएको हो ।

उहाँले सङ्क्रमण पुष्टि भएको १० दिनपछि ट्रम्प सार्वजनिक कार्यक्रममा पनि सहभागी हुन सक्ने बताउनुभयो । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज २६, २०७७

तपाईको प्रतिक्रिया