भक्तपुर सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ

 असोज २३, २०७७ शुक्रबार १८:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – यही असोज १७ गते भक्तपुर नगरपालिका–८ को कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जना पक्राउ परेका छन् । उनलाई प्रहरीले झापाकाे भद्रपुरबाट पक्राउ गरी शुक्रबार भक्तपुर ल्याएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बनाएर र भक्तपुर ल्याएर पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापा भद्रपुरका २२ वर्षीय दिपेश राई पक्राउ परेका हुन् । उनलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा भद्रपुरबाट पक्राउ गरी भक्तपुर ल्याएर अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो । 

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई पनि बलात्कार गर्न दिइ राई फरार भएका थिए ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा ३ ख २६१२ नम्बरको बसमा किशोरीलाई रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक साँगाचोकगढी १० घर  भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङका घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले किशोरीको उद्धार गरेको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया