टाटा मोटर्सको 'उपहार मोर' योजना

 असोज २३, २०७७ शुक्रबार २०:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले दशैँलाई लक्षित गरी 'यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर' योजना ल्याएको छ । 

योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्छन् । 

यस्तै योजनाअनुसार टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिप्पर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, ट्याबलेट जस्ता आकर्षक उपहारसहित एक वर्षको फ्री सर्भिस कुपनसमेत पाउने छन् ।

त्यसैगरी बुकिङ गरेबापत पनि विभिन्न उपहारहरु पाउन सकिन्छ भने खरिद गर्ने ग्राहकमध्ये ३० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमार्फत आकर्षक बम्पर उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

अहिलेको प्रतिकूल परिस्थितिका बीच नजिकिएको दशैँमा ग्राहकहरुलाई केही खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको सिप्रदीले जनाएको छ ।

थप जानकारीको लागि : https://www.tatadashainoffer.com/ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया