अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम गर्ने सहमति

 असोज २४, २०७७ शनिबार १२:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्मेनीया र अजरबैजानबीच अस्थायी युद्धविराम गर्ने सहमति भएको छ। 

रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश युद्धविराम गर्न सहमत भएका रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बताउनुभएको हो । उहाँका अनुसार अब दुवै देशले ठोस छलफल गर्ने छन् । दुई हप्तादेखि चलिरहेको युद्धका कारण ३ सय जनाभन्दा धेरैको ज्यान गएको र हजारौँ मानिस विस्थापित भएका छन् । 

विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर आर्मेनिया र अजरबैजानबीच लडाइँ भइरहेको हो ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया