एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
चितवन – चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् ।
आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैं जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ ।चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा भारत बलरामपुरकै ४० वर्षका फिरोज आलम घाइते भएको र उनको अहिले त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।