आज पूर्व र मध्यका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना

 असोज २६, २०७७ सोमबार ७:२८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । देशका बाँकी भू-भागमा भने सामान्यता मौसम सफा रहनेछ । मौसमविद् पोख्रेलका अनुसार अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने मौसमविद् पोख्रेलले बताउनुभयो । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ ।

जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै काठमाण्डौको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६,  डडेल्धुराको १३ दशमलव ३,  विराटनगरको १७  र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया