उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने २ जना पक्राउ

 असोज २६, २०७७ सोमबार १४:४३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

उपप्राध्यापक चलाउनेमाथि घरेलु हतियारले आक्रमण गरेर गम्भीर घाइते बनाउने सिरहाका रुपेश साह काठमाण्डौको कोटेश्वरबाट र सिरहाकै रविन लामा उनको घरबाटै पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । उनीहरुमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

उपप्राध्यापक प्रेम चलाउने, तस्बिर स्राेत : फेसबुक

गएको असोज २० गते उनीहरुले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । चलाउनेको अहिले उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया