महिला चालकलाई कम पूँजीमा गाडी धनी बनाउने बाटोमा सोनिका, जितिन् इमर्जिङ एक्स्प्लोररको सम्मान

 असोज २७, २०७७ मंगलबार १०:४:४० | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै - नेशनल जिओग्राफिक सोसाइटीले हरेक वर्ष आफ्नो क्षेत्रमा प्रभावकारी र रुपान्तरणकारी काम गरेका युवाहरु छनौट गरेर इमर्जिङ एक्स्प्लोररको सम्मान दिने गर्दछ।

सन् २०१७ देखि सुरु भएको यस सम्मान हरेक वर्ष विशेषतः वातावरणीय परिवर्तनसम्बन्धी उत्कृष्ट काम गरेका विश्वभरका  युवा उद्यमीहरुमध्येबाट केहीलाई छनौट गरेर प्रदान गर्ने गर्दछ । विजेताले आफ्नो उद्यमशीलता विस्तारका लागि १० हजार अमेरिकी डलर सिड फन्ड  सहायता प्राप्त गर्दछ ।

सोसाइटीले २०२० को लागि इमर्जिङ एक्स्प्लोररको सम्मान विश्वका ८ जना युवाहरुलाई दिएको छ। विभिन्न देशका ८ युवामध्ये नेशनल जिओग्राफिक सोसाइटीको इमर्जिङ एक्स्प्लोररमा नेपालकी सोनिका मानन्धर पनि चयन हुनु भएको छ।

पेशाले सोनिका मानन्धर कम्प्युटर इन्जिनियर हुनुहुन्छ । इन्जिनियरिङ पेशाका सुरुवाती दिनहरुमा उहाँको ध्यान विशेष गरेर कम शिक्षा लिएका मानिसहरुको पहुँच हुने प्रविधि विकास गर्नमा नै बित्यो ।

यसैक्रममा उहाँको भेट दृष्टिविहीन मदनसँग भयो । भेटमा मदनले "कम्प्युटर भनेको के हो , हाम्रो पनि यसमा पहुँच हुन सक्छ?" भन्ने प्रश्न राख्नु भयो। यही प्रश्नले उहाँमा दृष्टिविहीनहरुका लागि पुस्तक तयार गर्ने सोच पलायो र व्यवहारमा पनि उतार्नुभयो । उहाँको यो कामले अहिले पनि निरन्तरता पाइरहेको छ, ग्वाहालि नामक संस्थाको माध्यमबाट ।

तर उहाँको पेशामा अर्कै मोड आयो जब उहाँको भेट क्यानाडेली नागरिक टिफनी टङसँग भयो । उहाँहरु दुई जना मिलेर २ वर्ष अघि वातावरणमैत्री लघु उद्यमया लागि वित्तीय परियोजना कम्पनी स्थापना गर्नु भयो ।

एलोइ टेक्नोलोजीले स्थापना कालदेखि वातावरणमैत्री काम गर्ने विभिन्न उद्यमहरुको लागि लघु वित्तको लागि सहयोग प्रदान गर्दै आइरहेको छ । विशेष गरेर एलोइले सफा टेम्पोका महिला चालकहरुको लागि वित्तीय परियोजना सञ्चालन गरिरहेकोमहिला चालकहरुलाई  कम पूँजीमा गाडी धनी बनाउने लक्ष्यका साथ एलोइले काम गरिरहको छ।

महिला चालकलाई  कम पूँजीमा गाडीधनी बनाउने लक्ष्यका साथ एलोइले काम गरिरहको छ भने महिला चालकहरुको संख्या वृद्धि गरेर उनीहरुलाई उद्यमीको रुपमा स्थापित गर्नको लागि काम गरिरहेको छ।यसै कामको मूल्याङ्कन गरेर नेशनल जिओग्राफिक सोसाइटीले एलोइ टेक्नोलोजीका सह-संस्थापक एवम् प्रमुख प्राविधिक अधिकृत सोनिकालाई यसवर्षको इमर्जिङ एक्स्प्लोरर चयन गरेको हो।

यसभन्दा अघि पनि २०१९ मा सोनिका  संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले आयोजना गरेको योङ च्याम्पियन अफ द अर्थमा छनोट हुनुभएको थियो।

‘नेशनल जिओग्राफिकं इमर्जिङ एक्स्प्लोररको रुपमा चयन गरेको भनेको एलोइले गरिआएका कामले विश्वव्यापी मान्यता प्राप्त गरेको भन्दै यस सम्मानबाट प्राप्त हुने सिडमनी वातावरणमैत्री लघु उद्यममा लागि नै लगानी गर्ने सोच सोनिकाले बताउनु भएको छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया