अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ, चिन्ता नगर्नू : प्रदेश सांसद आचार्य

 असोज २७, २०७७ मंगलबार २०:२१:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि  कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो ।

अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटतालगायतका कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछि अब विकासको ढोका खोलिएको बताउनुभयो । देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछि परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।

ठूलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनि अग्रगामी छलाङ मार्ने बताउनुभयो ।

शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठूलो विपत्ति आइलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीलगायत भूमिसुधार मन्त्रालयमा गएर आफूले कुरा राखेको पनि उहाँले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया