फ्रान्सकाे राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

 असोज २९, २०७७ बिहीबार ६:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो पर्सि शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।

दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।


 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया