आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने

 असोज २९, २०७७ बिहिबार ७:५२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई एक/दुई ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि प्रदेश १ का एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने मौसमविद् प्रधानाङ्गले पूर्वानुमान गर्नुभएको छ । तर ठूलो वर्षा र झरीको संभावना भने नरहेको उहाँको भनाइ छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया