उज्यालो सहकर्मी योगी सम्मानित

 असोज २९, २०७७ बिहिबार १४:१३:९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभाबाट पत्रकार महासंघ बर्दिया शाखाका सचिव एवं रेडियो टाइगर बर्दियाका प्रबन्धक समेत रहनुभएका उज्यालो सहकर्मी योगी सम्मानित हुनुभएको हो । 

उज्यालो सहकर्मी योगीसँगै नेपाल टेलिभिजन बर्दिया प्रतिनिधि डिलप्रकाश गौतम र राजधानी दैनिका संवाददाता सुदिप अधिकारीलाई प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले खादा ओढाएर सम्मान पत्र प्रदान गर्नु भयो । 

सञ्चारमाध्यममार्फत जनचेतनामुलक एवं संरक्षणमैत्री सामाग्री प्रसारण गरी जैविक विविधता संरक्षणमा योगदान पुर्याइएकाले १८ वर्ष अघिदेखि रेडियो तथा अनलाइनमार्फत संरक्षणसम्बन्धी विविध समाचार रिपोर्ट प्रसारण गरेको भन्दै योगीलाई निकुञ्ज, सहकारीलगायतका विभिन्न संस्थाले सम्मान गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया