बालकलाई म्यासेन्जरमा अश्लिल भिडिओ पठाउने युवक पक्राउ

 असोज २९, २०७७ बिहिबार १५:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरान बनाउने एक युवकलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । 

खोटाङको रावाबेसी गाउँपालिका घर भइ काठमाण्डौको कागेश्वरी मनहरा बस्ने २१ वर्षीय प्रविण ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ढकालले छिमेकी बालकलाई फेसबुक म्यासेन्जरमा अश्लिल भिडिओ पठाएर हैरानी दिएपछि बालकको परिवारले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा ढकाललाई पक्राउ गरेर कारबाहीको लागि जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ढकारी गाउँपालिका अनलाइनखबर फेसबुक पेज खोलेर युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । अपाच्य स्टाटस लेख्ने, फोटो सम्पादन गरेर युवतीहरुलाई अश्लिल देखाउने लगायतका काम गरेको आरोपमा प्रहरीले अछामको ढकारी गाउँपालिका चैनपुरका किरण बुढालाई प्रक्राउ गरेको हो ।

उनले अन्य विभिन्न फेक एकाउन्ट बनाएर चर्चित कलाकारहरुको फोटो सम्पादन गरी अश्लिलता फैलाएको, चरित्र हत्या गरेको तथा हैरानी दिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया