राजधानीकाे विषयमा बुटवलमा भएकाे प्रदर्शनमा स्कुटर जलाउने ४ युवा पक्राउ

 असोज २९, २०७७ बिहिबार २०:२०:२९ | रासस
unn.prixa.net

बुटवलमा जलाइएकाे स्कुटर

रुपन्देही – प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाइ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीका अनुसार बुटवल उमहानगरपालिका ११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका ८ घर भइ बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले गएकाे असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  देवदह नगरपालिका ४ का वसन्त रेग्मी र वसन्तलाई देवदह ५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाइदिउँ भन्दै धम्कीसमेत दिइ जबरजस्ती लाइसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिए कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया