उदयपुरमा जीप दुर्घटना, पाँच जनाको ज्यान गयो

 कात्तिक २, २०७७ आइतबार ८:३९:२३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । 

गएराति १ बजेतिर कटारी नगरपालिका  १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ । 

दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको कटारीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया