कैलाली : हत्या गरिएका असईका आफन्तले शव बुझे, बेपत्ता प्रहरी जवानको खोजीमा जुटे स्थानीय

 कात्तिक ३, २०७७ सोमबार १७:३२:४१ | सीताराम ओझा
unn.prixa.net

मृतक असई गाेविन्द

कैलाली – धनगढीमा हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकका परिवारले शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकका परिवारले शव बुझेको जनाएको छ ।

जिल्ला प्रशासनमा साेमबार भएको छलफलपछि आफन्तले शव बुझेका हुन् । मृतकका परिवारलाई जागिरको व्यवस्था गर्ने र २१ वर्षसम्म छोरीलाई सरकारले पढाउने तथा बीमाबापतको रकम दिने सहमतिपछि आफन्त शव उठाउन तयार भएका हुन् ।

मृतक विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । 

यसैबीच अहिलेसम्म बेपत्ता रहेका धनगढी उपमहानगरपालिका १२ काे अस्थायी प्रहरी पोस्टका प्रहरी जवान रामबहादुर साउदको खोजी कार्यमा स्थानीय जुटेका छन् । घटनास्थल नजिक धनगढी उपमहानगरपलिका १० काे जुगेडा कटानकाे फूलनैया बस्तीका स्थानीयहरु खोजी कार्यमा जुटेको स्थानीय रामकुमार रानाले जानकारी दिनुभयाे ।

आपराधिक घटनाले आफूहरुको बस्ती नै बदनाम भएको बताउँदै रानाले प्रहरीको खोजी कार्यमा गाउँलेहरुले सहयोग गर्न थालेको बताउनुभयाे । उनीहरुले मोहना नदी, सुकुटी नाला, उखुबारीलगायत स्थानमा खोजी कार्य थालेका हुन् । 

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया