वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अशक्त भएका अभिभावकका छाेराछाेरीलाई छात्रवृत्ति

 कात्तिक ६, २०७७ बिहीबार १२:४०:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ ।  

एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अशक्त भएका अभिभावकका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको एकाइका प्रमुख रमाकान्त शर्माले बताउनुभयो । 

वैदेशिक रोजगार छात्रवृत्ति ४० र द्वन्द्व पीडित छ गरी ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक  आठ हजार रुपैयाँ र ९ देखि कक्षा १२ सम्मका लागि वार्षिक  १२ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो”, उहाँले भन्नुभयो । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा अशक्त भएका व्यक्तिका सन्ततिलाई स्थानीय तहको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिएको एकाइ प्रमुख शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया