भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - यसपालिको दशैँ घमाइलो हुने भएको छ ।
पर्सिसम्म नै पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नदेखिएकाले धेरै ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ भने प्रदेश १ मा आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बद्ली रहेकाे भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।
तीन दिनको मौसमको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।