नेपाल स्वर्ग हो : कतारी राजदूत

 कात्तिक ९, २०७७ आइतबार २०:४०:१९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र  यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ ।

आज बिहान रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्न पुग्नुभएका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो ।  कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आउनुभएको हो । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी
दिनुभयो ।

कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा  रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो ।

यस्तै नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने प्रस्ताव राख्नुभयो । आज बिहान कपिलवस्तु पुग्नुभएका राजदूत साँझ काठमाण्डाै फर्कनुभएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • रमेश ठगुन्न्ना

    Oct. 25, 2020, 9:36 p.m.

    राम्रो बिचार को लागि कतार राजदुत लाई धन्यवाद ।। i am so happy . 2010To2017 i am working in qatar wakara very nice place qatar i am now dubai //// i go 2022 qatar salam walikma नमस्कार जय नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया