कोरोना सङ्क्रमण बढ्दै गएपछि स्पेनमा आपतकालीन अवस्था घाेषणा

 कात्तिक १०, २०७७ सोमबार ६:५५:४४ | एजेन्सी
unn.prixa.net

स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनुभयो ।

उहाँले कर्फ्यू आजै रातिदेखि लागू हुने जानकारी दिनुभएकाे छ । पहिलो लहरमा कोरोना सङ्क्रमण फैलिएको बेलामा स्पेनमा लकडाउन घोषणा भएपछि सङ्क्रमित सँगै ज्यान गुमाउनेको संख्यामा कमि आएको थियो । अहिले फेरि सङ्क्रमण फैलने दर तीब्र रुपमा बढेको भन्दै रोकथामको लागि रात्रिकालिन कर्फ्यू लगाइएको हो ।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया