अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गयो

 कात्तिक १०, २०७७ सोमबार १९:६:५७ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आज बिहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उहाँले बताउनुभयो । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।

अन्तिम अपडेट: चैत ३, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया