राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने

 कात्तिक १२, २०७७ बुधबार ११:५२:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले आफ्नो अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ ।

अस्पतालको ६ बिघा १७ कठ्ठा जग्गामध्ये करिब डेढ बिघा क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले जनाएको छ । केही दिनमै अस्पतालले सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ ।

समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिणतर्फ सडकको पूर्व पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तरतर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिमतर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन्।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया