चिसो बढ्यो : काठमाण्डौको आज बिहानको तापक्रम ११ डिग्री सेल्सियस

 कात्तिक १४, २०७७ शुक्रबार ८:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।

काठमाण्डौको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ ।

अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया