बुटवलबाट काठमाण्डाै आउँदै गरेकाे जीप धादिङमा दुर्घटना हुँदा ५ जना घाइते

 कात्तिक १४, २०७७ शुक्रबार १७:१५:४६ | सिताराम अधिकारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङको पृथ्वी राजमार्गकाे सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया