हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ ।
आज यो खबर तयार पार्दासम्म ४ सय ६६ जनाको ज्यान गएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको वल्ड्रोमिटरले जनाएको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भएका छन् ।
अहिले १ करोड १६ लाख ९० हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात ८४ हजारको अवस्था जटिल रहेको र बाँकी १ करोड १६ लाखको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९४ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६० लाख ६२ हजार निको भएका छन् ।
२ लाख ३६ हजारको भने ज्यान गएको छ । यस्तै भारतमा ८१ लाख ८२ हजारमा कोरोना पुष्टि हुँदा ७४ लाख ८९ हजार निको भएका छन् । १ लाख २२ हजारको भने ज्यान गएको छ । ५५ लाख ३५ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा ४९ लाख ७२ हजार निको भएका छन् । १ लाख ५९ हजारको ज्यान गएको छ ।
रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कोलम्बिया र बेलायतमा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि यूरोपका विभिन्न देशले दोस्रो चरणको लकडाउन घोषणा गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।