साढे तीन लाख नगदसहित ५ जना जुवाडे पक्राउ

 कात्तिक १६, २०७७ आइतबार १२:३०:१३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीबाट प्रहरीले साढे ३ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गएराति घोराही-१८ नवलपुरमा जुवा खेलिरहेका ५ जनालाई तीन लाख ५० हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही गर्ने  प्रहरीले तयारी गरेको छ  ।

अन्तिम अपडेट: चैत ४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया