गण्डकी प्रदेशमा थपिए १८८ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

 कात्तिक १६, २०७७ आइतबार १३:५१:८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेशमा थप एक सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशका ९ जिल्लामा १६३ सङ्क्रमित थपिएका र तीन जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । आज कास्कीमा १ सय २ सहित नवलपरासी तनहुँ, गोरखा, लमजुङ, बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दी गरी १ सय ८८ जना थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ ।

तीमध्ये चार हजारभन्दा धेरै निको भएका छन् । यसैबीच गण्डकी प्रदेशमा तीनजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । होम आइसोलेशनमा बसेका नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ६ का ६७ वर्षका पुरुष र गैडाकोट ३ की ७७ वर्षकी महिलाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६२ वर्षकी महिलाको पनि ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीगण्डकी प्रदेशमा थप एक सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया