तीन किलाे अफिमसहित बाँकेकाे शिवखाेलाबाट एक जना पक्राउ

 कात्तिक १६, २०७७ आइतबार १४:४४:३४ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकाका चन्द्रप्रकाश वली पक्राउ परेका छन् ।

दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीमा झोलामा जाँच गर्दा तीन किलाे अफिम बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ काे शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया