मलेसियामा हुनुहुन्छ ? अब आफ्नो काम अनुसार दूतावासमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

 कात्तिक १६, २०७७ आइतबार १६:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसियामा हुनुहुन्छ र आफ्नो समस्या दूतावासमा राख्न चाहनुहुन्छ ? दूतावासले समस्या अनुसार एक्सटेन्सन नम्बर तोकेको छ । अब तपाईँले ट्राभल डकुमेन्ट, कागजात प्रमाणीकरण र अधिकृत वारेसनामाका लागि दूतावासमा ०३२०२०१८९९ नम्बरमा फोन गरेर एक्सटेन्सन नम्बर १ थिच्नुपर्छ । 

पासपोर्ट बनाउन र बने नबनेको बारेमा बुझ्न एक्सटेन्सन नम्बर २, जेल, डिटेन्सन, खोजतलास, उद्धार र कानुनी सहायताका लागि एक्सटेन्सन नम्बर ३ थिच्नपर्छ ।

श्रमिक समस्या, कम्पनीप्रति गुनासो, मलेसियन इमिग्रेसन र भिसा सम्बन्धि, श्रमिकको तलब सुविधा र श्रम सम्बन्धि उजुरी तथा कामदार मागपत्र प्रमाणीकरणका लागि एक्सटेन्सन नम्बर ४ थिच्नपर्छ ।

यस्तै मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र बिमाको लागि पनि ०३२०२०१८९९ नम्बरमा फोन गरेर एक्सटेन्सन नम्बर ५ थिच्नपर्छ । 

अन्य कुनै सहयोग चाहिएमा शून्य थिचेर पनि आफ्नो समस्या र जिज्ञासा राख्न सकिन्छ ।

कार्यालय समय वा अन्य समयमा पनि अतिआवश्यक कामका लागि दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न सकिन्छ । तर कार्यालय समयमा ल्याडलाइनमा सम्पर्क गरेर आफ्नो काम अनुसारको एक्सटेन्सन नम्बर डायल गर्न दूतावासले अनुरोध गरेको छ । दूतावासमा [email protected] मा इमेल पनि गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया