हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको ज्यान गएको छ ।
तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । घर तथा भवनहरु भत्किएका छन् । यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको बीबीसीको खबरमा उल्लेख छ ।
अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको बताएको थियो । तर कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।
सन् २०१३ मा आएको हैयान समुद्री आँधीपछिको गोनी फिलिपिन्सको लागि सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । हैयान आँधीको कारण फिलिपिन्समा ६ हजारभन्दा धेरैको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।