हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अफगानिस्तानमा झण्डै ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित भएका छन् ।
पाँच वर्षमुनिका झण्डै दुई लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्ने तर तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादूरा लगायतका रोगविरुद्धको नियमित खोपबाट वञ्चित भएका सरकारको दाबी छ ।
वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य निर्देशक नुर खवारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको छ ।
सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो तर यमगन, रघुस्तान, दारा-ए-खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिकाका अभिभावक आफैँले खोप दिन अस्वीकार गरेकाे बताएको खबरमा उल्लेख छ ।
अफगानिस्तानको सरकारले देशभरका ६१ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिन गरी अभियान चलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।