गाडेको शव उत्खनन् गरेर ५ महिनापछि दाहसंस्कार

 कात्तिक १८, २०७७ मंगलबार १३:२६:२६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा कोरोना सङ्क्रमितको शव गाडेको ५ महिनापछि  उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । 

मालारानी गाउँपालिका वडा नं ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गएको जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै ज्यान गएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । 

कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुँदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।

परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शवलाई उत्खनन् गरेर हिन्दु परम्पराअनुसार शवको अन्त्येष्टि गरिएको आफन्त प्रकाश खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया