पत्रकार सीतारामप्रसाद बर्माको निधन

 कात्तिक २१, २०७७ शुक्रबार १२:२२:१२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।

उहाँको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

उहाँ केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।

गोरखा पुर्ख्याैली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाट अन्त्येष्टि गर्ने तयारी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया