दोहोरो अंकले घट्यो शेयर बजार

 साउन २७, २०७५ आइतबार १८:२२:८ | रासस

काठमाडौं – गएकाे साता ९१ करोड रुपैयाँको मात्रै कारोबारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ । 

स्टकका अनुसार आइतबार कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.११ र होटल उपसमूह ६.७३ बिन्दुले बढेको छ । 

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३.२२,जलविद्युत् २१.१९, वित्त ३ं५९, निर्जीवन बीमा १०५.७४, उत्पादन ६३.५८, अन्य ४.७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ बिन्दुले ओरालो लागेको छ । 

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले आइतबार कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया