दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशबाट फर्किएका युवालाई कृषि व्यवसाय गर्न सहयोग गर्ने

 कात्तिक २३, २०७७ आइतबार ११:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खोटाङ्को दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशबाट फर्किएका युवालाई कृषि व्यवसाय गर्न सहयोग गर्ने भएको छ ।

विदेशबाट रोजगारी गुमाएर वा अन्य कारणले फर्किएका २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि नगरपालिकाले कृषि व्यवसाय च्याउ उत्पादन, व्यवसायिक तरकारी खेती लगायतमा सहयोग गर्ने भएकाले आवेदन दिन अनुरोध गरको छ ।

कृषि व्यवसाय सुरु गर्न कम खर्चिलो प्लाष्टिक घर प्रविधि बेमौसमी तरकारी खेती सहयोग कार्यक्रम अन्तर्गत नगरपालिकाले प्लाष्टिक टनेल, थोपा सिँचाई सेट र आईपीएम सामग्री र प्रविधि सहयोग गर्ने भएको छ । यस कार्यक्रमका लागि नगरपालिकाले विदेशबाट फर्किएका, रोजगारी गुमाएका युवा र महिलालाई प्राथमिकतामा राखेको छ ।

इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, भिसा तथा पासपोर्टको प्रतिलिपि, निवेदन, फर्म समूह सहकारीमा आवद्ध भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन दिन सकिने छ । यस कार्यक्रम अन्तर्गत एक सय घरधुरी लाभाम्वित हुने नगरपालिकाले लक्ष्य लिएको छ ।

यस्तै च्याउ उत्पादनक कृषकलाई बिउ तथा प्रविधि सहयोग कार्यक्रम अन्तर्गत नगरपालिकाले च्याउको बिउ र प्राविधि ५० घरधुरीलाई सहयोग गर्ने भएको छ । विदेशबाट फर्किएका, महिला, तथा विपन्न कृषकलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

नागरिकताको प्रतिलिपि, निवेदन, च्याउखेती व्यवसाय वा पेशामा आवद्ध भएको भएमा प्रमाणित हुने अन्य कागजात पनि पेश गर्नु पर्नेछ । नगरपालिकामा आउँदो शुक्रबारसम्म निवेदन दिन सकिने छ । थप जानकारीको लागि नगरको कृषि विकास शाखामा ९८४१९६७०६४ वा ९८४३६९२६४८ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया